• १२ असोज २०८३, सोमबार
  • ५ः०८ बेलुका

ठमेलमा वन्यजन्तु कारोबारी चिनियाँको जुवा अड्डा, साथमा भेटियो भर्खरै निकालिएको पाटे बाघको छाला

प्रकाशित मिति

२०७८ असार २२ गते, मंगलवार ०५:४७

काठमाडौ : ठमेलस्थित एक होटललाई वन्यजन्तु कारोबारी चिनियाँ नागरिकले जुवा अड्डा बनाएको खुलेको छ। काठमाडौँ महानगरपालिका(१७ ज्याठा गल्लीभित्र चिनियाँ नागरिकले सञ्चालन गरेको जियाङ्घु खजान होटलमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरी वृत लैनचोरले सोमबार राति छापा मारी ४ जना चिनियाँलाई नियन्त्रणमा लिएको छ।

National Life

उनीहरुको साथबाट जुवामा प्रयोग हुने सामानबाहेक पाटे बाघको छाला, बाघको दाँत, कस्तुरीको बिना, विभिन्न जडिबुटी, रुद्राक्ष, बुद्धचित्तलगायत बरामद गरेको छ। ‘वन्यजन्तुका हाड छाला, जडिबुटीहरु समेत भेटिएकाले उनीहरु यस्तो कारोबारबाट कमाई हुने पैसा जुवामा खर्च गर्ने गरेको देखिन्छ’, गत साता मात्र वृत्त प्रमुखका रुपमा सरुवा भएका लैनचोरका डीएसपी दुर्गा दाहालले भने।



होटलका सञ्चालक सम्पर्क बाहिर रहेको प्रहरीले जनाएको छ। ठमेलमा धेरै होटल चिनियाँ नागरिकले सञ्चालन गरेका छन्। ‘फ्ल्याट नै बुक गरेर बसेको जस्तो देखिन्छ’, डीएसपी दाहालले भने।

Classic Tech Mobile
Classic Tech Desktop

उनले चिनियाँ भाषा अनुवादक राखेर अनुसन्धानलाई गहनरुपमा अगाडि बढाइने बताए। प्रहरीका अनुसार उनिहरुले सिसिटिभी अगाडि राखेर जुवा खेल्ने गरेका थिए। ‘ तर हिजो सामान राखेको कोठामा सिसिटिभी थियो। सिसिटिभी नभएको कोठामा उनीहरु जुवा खेलिरहेका थिए’, दाहालले भने।


बरामद भएको पाटे बाघको छाला हालसालै बाघ मारेर निकालिएको हुन सक्ने प्रहरीको अनुमान छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौँ प्रहरी परिसर प्रमुख अशोक सिंहले महामारीका समयका हुनसक्ने अपराधजन्य गतिविधिमाथि निगरानी बढाइएको जानकारी दिए।

प्रतिकृया