१० खेलाडीमा सीमित ब्राजिल कोपाको सेमिफाइनलमा
प्रकाशित मिति
२०७८ असार १९ गते, शनिबार ११:४१
एजेन्सी : चिलीलाई १–० ले हराउँदै ब्राजिलले कोपा अमेरिकाको सेमिफाइनलमा स्थान बनाएको छ । ब्राजिलले सुरुवातमै अग्रता बनाउन खोजेको थियो । तर, नेइमारको पासमा रोबर्टो फिर्मिनोले खेलको २० औं मिनेटमा गरेको प्रहारले गोलपोस्ट दिशा लिन सकेन ।
पहिलो हाफमै गाबरियल जेससले गोल गर्ने राम्रो अवसर पाएका थिए । तर, चिलीका गोलकिपर क्लाउडियो ब्राभोले गोल हुन दिएनन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफ सुरु हुनासाथ ब्राजिलले अग्रता बनायो । ४७ औं मिनेटमा लुकास पाक्वेटाले ब्राजिललाई अग्रता दिलाए । दोस्रो हाफमा खतरनाक ट्याकल गरेपछि गाबरियल जेसस रातो कार्ड खाँदै मैदानबाट बाहिरियो ।
त्यसपछि अन्तिम ३० मिनेट ब्राजिलले १० खेलाडीमा सीमित रहेर खेलेको थियो । यसक्रममा चिलीले ब्राजिललाई बल नियन्त्रणमा राखेर अत्यधिक दबाब थियो । तर गोल गर्न सकेन । ब्राजिलले अब सेमिफाइनलमा पेरुको सामना गर्नेछ । प्रतियोगिताअन्तर्गत बाँकी टरफाइनल खेलहरुमा उरुग्वे र कोलम्बिया तथा अर्जेन्टिना र इक्वेडरबीच प्रतिस्पर्धा हुँदैछ ।
उरुग्वे र कोलम्बियाबीचको खेलमा नेपाली समयअनुसार आइतबार बिहान ३ः४५ मा हुँदैछ । त्यसैगरी आइतबार बिहान ६ः४५ मा अर्जेन्टिना र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । यी दुबै खेलका विजेताले सेमिफाइनलमा एक आपसमा प्रतिस्पर्धा गर्नेछन् ।







प्रतिकृया