• ४ साउन २०८३, सोमबार
  • ७:४९ बेलुका

आजबाट फेरि ‘कमेडी च्याम्पियन’

प्रकाशित मिति

२०७८ असार १८ गते, शुक्रबार ११:५३

काठमाडौंँ : कोरोनाका कारण करिब दुई महिनादेखि रोकिएको रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ आजबाट पूर्णरुपमा संञ्चालन हुने भएको छ । शोका निर्देशक विशाल भण्डारीले आज शुक्रबारबाट शो नियमित हुन लागेको जानकारी दिएका छन् ।


कार्यक्रम प्रसारणका लागि गत आइतबार उत्कृष्ट नौ प्रतियोगिताहरूको प्रस्तुति छायाँंकन गरिएको छ । त्यसक्रममा स्वास्थ्य–सुरक्षाका सम्पूर्ण मापदण्डहरु पुरा गरिएको निर्माण पक्षको दावी छ । कार्यक्रममा सेलिब्रेटी जजको रूपमा अभिनेत्रीद्वय करिश्मा मानन्धर तथा रेखा थापालाई प्रस्तुत गरिएको छ ।

Kamana Sewa

सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई, ऋचा शर्मा भने नियमित जजको रुपमा रहेको शोका निर्माता केकी अधिकारी, रिमा विश्वकर्मा, विशाल भण्डारी तथा राज घिमिरे हुन् । शोको पहिलो सिजन दर्शक रुचाएपछि दोस्रो सिजन पनि सुरु गरिएको हो ।

Classic Tech Desktop

प्रतिकृया