जंगली हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु
प्रकाशित मिति
२०७८ असार १८ गते, शुक्रबार १२:०२
काठमाडौँ : बारामा जंगली हात्तीको आक्रमणबाट एकजना अधबैंसे पुरुषको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट कलैया उपमहानगरपालिका-२ औधापुर निवासी ४५ बर्षीय रामदेव पटेलको आज बिहान मृत्यु भएको हो । खेतमा काम गरिरहेका पटेललाई बिहान करिव पौने आठ बजे जंगली हात्तीले आक्रमण गर्दा उनी गम्भीर घाइते भएका थिए ।
घाइते भएका पटेललाई उपचारका लागि कलैया अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए । उक्त हात्तीलाई नियन्त्रणमा लिनका लागि राष्ट्रिय निकुञ्ज र प्रहरी टोली प्रयासरत रहेको डिएसपी मिश्राले जानकारी दिए ।
जङ्गल क्षेत्रबाट करिब १५ किलोमिटर टाढा जिल्ला सदरमुकाम कलैया नजिक गएर हात्तीले आक्रमण गर्न थालेपछि स्थानीयहरु चिन्तित बनेका छन् ।
Recent News
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया