• १२ असोज २०८३, सोमबार
  • ३ः१७ दिउँसो

क्रियाशील सदस्यताबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

प्रकाशित मिति

२०७८ असार १७ गते, बिहीबार ०९:३७

काठमाडौं : विवादित क्रियाशील सदस्यता वितरणबारे छलफल गर्न नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दैछ । पूर्वपदाधिकारीसमेत सहभागी हुने बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ ।

National Life

पार्टी कार्यालय सानेपामा बोलाइएको बैठकमा सदस्यता वितरणसम्बन्धी नयाँ मापदण्ड बनाउने विषयमा छलफल हुने जनाइएको छ ।


कांग्रेस महाधिवेशन कार्यतालिकाअनुसार असार मसान्तभित्रै क्रियाशील सदस्यता टुंगिसक्नुपर्नेछ । तर, मापदण्डको अभाव र नेताहरुको स्वार्थ नमिलेका कारण सदस्यता वितरणमा विवाद छ । नेपाली कांग्रेसले भदौ १६ गतेदेखि महाधिवेशन गर्ने तालिका सार्वजनिक गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया