• १२ असोज २०८३, सोमबार
  • ५ः०३ बेलुका

कोभिड सम्बन्धी त्रुटिले उत्तर कोरिया ‘गम्भीर संकटमा’: किम जोङ–उन

प्रकाशित मिति

२०७८ असार १६ गते, बुधबार १२:०५

काठमाडौँ : कोरोना भाइरसको महामारीमा भएको ‘त्रुटि’ का कारण देश ‘गम्भीर संकट’ को अवस्थामा पुगेको उत्तर कोरियाका नेता किम जोङ–उनले बताएका छन् । उत्तर कोरियाको राष्ट्रिय सञ्चारमाध्यमले नेता किमले कोरोना भाइरसको महामारीलाई लिएर भएको ‘त्रुटि’ का लागि शीर्ष अधिकारीहरुको निन्दा गरेको जनाएको हो।

National Life

यसले उत्तर कोरियामा कोरोना भाइरस महामारीको अवस्था गम्भीर बनेको हुन सक्ने देखाउँछ। यसअघि उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरस संक्रमणको कुनै घटना नरहेको बताउँदै आएको थियो, जसमा लगातार विज्ञहरुले शंका व्यक्त गर्ने गरेका छन्।


महामारीबाट आफ्नो देशलाई जोगाउनका लागि भन्दै उत्तर कोरियाले आफ्नो सीमा बन्द गर्दै आएको छ। तर अन्तर्राष्ट्रिय प्रतिबन्ध खेप्दै आएको उत्तर कोरियाका लागि सीमा बन्द गर्नु घातक देखिएको छ। त्यसले खाद्य संकटको अवस्था देखिएको र अर्थतन्त्र थप कमजोर बन्दै गएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि नेता किमले देशमा खाद्यान्नलाई लिएर तनावको अवस्था आएको स्वीकार गरेका छन्। उनले आफ्ना नागरिकलाई हालको अवस्थालाई सन् १९९० को बिनासकारी भोकमरीसँग तुलना गर्दै अति खराब अवस्थाको सामनाका लागि तयार हुन भनेका थिए।


उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसिएनएका अनुसार पार्टीका नेताहरुको विशेष बैठकलाई सम्बोधन गर्ने क्रममा नेता किमले कोरोना भाइरसको महामारीलाई लिएर भएको त्रुटिका लागि शीर्ष अधिकारीहरुको निन्दा गरेका हुन्।


नेता किमले भनेका छन्, ‘त्यसका कारण देशको सुरक्षा र नागरिकको रक्षामा गम्भीर असर गरेको छ। यसले गम्भीर परिणामको सामना गर्ने अवस्था ल्याएको छ।’ कारवाही स्वरुप नेता किमले पार्टीको शक्तिशाली स्थायी कमिटिका एक सदस्यसहित धेरै उच्च अधिकारीलाई जिम्मेवारीबाट हटाएका छन्। तर उनीहरुको परिचय भने खुलाइएको छैन। किमको पछिल्लो टिप्पणीको अर्थ उत्तर कोरियामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हुन सक्ने विश्लेषण गरिएको छ।

प्रतिकृया