• १२ असोज २०८३, सोमबार
  • ११ः११ बिहान

कीर्तिमानी खेलमा मेस्सीको दुई गोल, अर्जेन्टिना समूह विजेता

प्रकाशित मिति

२०७८ असार १५ गते, मंगलवार १०:३६

काठमाडौँ : कप्तान लिओनल मेस्सीले कीर्तिमान खेलमा दुई गोल गर्दा अर्जेन्टिनाले कोपा अमेरिकाको समूहको अन्तिम खेलमा बोलिभियालाई ४-१ ले पराजित गरेको छ । यसअघि नै क्वाटरफाइनल पुगिसकेको अर्जेन्टिना यो जितपछि समूह ‘ए’ को विजेता बनेको छ । अर्जेन्टिनाले अब क्वाटरफाइनलमा समूह ‘बी’ को चौथो स्थानमा रहेको इक्वेडरसँग खेल्नेछ ।

National Life

ब्राजिलको एरेना पान्तानालमा भएको खेलमा मेस्सीले दुई गोल गर्नुका साथै एक असिस्ट गरे । बोलिभियासँग खल्दै मेसीले अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान समेत बनाए । बोलिभियाविरुद्ध मेसीले सर्वाधिक १४८औं खेल खेलेका हुन् । सन् २००५ मा हंगेरीविरुद्ध खेल्दै डेब्यु गरेका मेस्सीले अर्जेन्टिनाका लागि सर्वाधिक ७५ गोलसमेत गरेका छन् । यसअघि उनले ज्याभिएर मास्केरानोसंगै सर्वाधिक खेल खेल्ने कीर्तिमान बराबरी गरेका थिए ।


खेलको छैटौं मिनेटमै मेस्सीको पासमा अलेजान्द्रो गोमेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । ३३औं मिनेटमा मेस्सीले पेनाल्टीमार्फत व्यक्तिगत पहिलो गोल गर्दै अग्रता दोब्बर पारे । ४२औं मिनेटमा मेस्सील सर्जियो अगुएरोको पासमा गोल गरेपछि अर्जेन्टिनाले पहिलो हाफमै ३-० को अग्रता बनायो ।

Classic Tech Mobile
Classic Tech Desktop

दोस्रो हाफमा वैकल्पिक खेलाडी लाउटारो मार्टिनेजले एक गोल थपे । उनले ६५औं मिनेटमा गोल गरेका थिए । बोलिभयाका लागि एर्विन साभेद्राले ६०औं मिनेटमा एक गोल गरे । अर्जेन्टिनाले अब क्वाटरफाइनलमा इक्वेडरसँग जुलाई ३ मा खेल्नेछ ।

प्रतिकृया