• १३ असोज २०८३, मंगलबार
  • ३ः१० दिउँसो

यस्ता छन् गर्भवती महिलाले गर्भावस्थामा ध्यान दिनुपर्ने कुराहरु

प्रकाशित मिति

२०७८ असार १० गते, बिहीबार १०:४१

काठमाडौँ : गर्भावस्था भनेको एउटा विशेष अवस्था हो, जुन एउटी महिलाले आफुलाई पुर्ण सोच्दछे अनि आमा बन्दछे । गर्भावस्थाको बेलामा महिलालाई अरु बेला भन्दा बढि हेरचाहको आवश्यकता पर्दछ । गर्भवती महिलाले गर्भावस्थामा के के कुरामा ध्यान दिनुपर्दछ त रु के के खाने कुरा खाने केके नखाने लगायत गर्भावस्थाको विभिन्न बिषयमा ध्यान दिनु जरुरी हुन्छ ।

National Life

एउटी महिलाले आफ्नो इच्छा अनुसार गर्भवती हुने वा गर्भधारण गर्ने, गर्भावस्था तथा सुत्केरी अवस्थामा मात्र स्वस्थ रहने नभएर एउटा स्वस्थ शिशुलाई जन्म दिनुलाई गर्भावस्था भन्ने बुझिन्छ । गर्भवती महिलालाई सान्त र सकारात्मक वातावरण आवश्यक पर्दछ । जस्ले गर्दा एउटी महिलाले स्वस्थ शिशुलाई जन्म दिन सक्छिन् । स्वस्थ शिशुले नै पछि भविश्यमा देश बिकास गर्न सक्छ ।


गर्भावस्थामा ध्यान दिनुपर्ने कुराहरुः

Classic Tech Mobile
Classic Tech Desktop

साबिक भन्दा थप बढी पोशिलो खानेकुरा खाने । सुत्केरी र स्तनपान गराइरहेकी महिलालाई गाउघरमा पाइने ७ समुहका विभिन्न खानेकुराहरु खुवाउनु पर्छ ।

१- अन्न वा जमिन मुनि फल्ने कन्दमुल

२- गेडागुडी, तेलहन, बियाँ

३- दुध तथा दुग्ध पदार्थबाट बनेका खानेकुरा

४- माछा माशु

५- अन्डा

६- भिटामिन ए पाइने फलफूल तरकारीः जस्तै पाकेको मेवा, आप, सुन्तला, गाजर, फर्सी

७- अन्य फलफूल तथा तरकारी मध्येबाट कम्तिमा ४ समुहका खानेकुरा खाने गर्नुपर्छ । उक्त समुहका खानेकुरा खानाले सुत्केरी अवस्थामा सूक्ष्म पोशाक तत्वको कमिबाट टाढा रहन सकिन्छ ।


– गर्भवती आमाले आयोडिनयुक्त नुन खानुपर्छ । आयोडिन्युक्त नुनले शिशुलाई सुश्त मनस्थिति, होचो पुड्को, छाला र कपालको समस्या, गलगाड आदि हुनबाट बचाउँछ ।

– तिन महिना पूरा भए देखि सुत्केरी भएको ४५ दिनसम्म २२५ आइरन–क्याल्सियम चक्की खाने । सुत्केरी भएको ४५ दिन भित्रमा भिटामिन ए खानुपर्छ ।

– पहिलाको भन्दा थप दुईपटक बढी पोशिलो खानेकुरा खाने गर्नुपर्छ ।

–ब्यक्तिगत सरसफाइमा ध्यान दिनुको साथै बढी भन्दा बढी आराम गर्ने, गर्हौ भारी सामान नबोक्ने ।

गर्भावस्थामा हुने खतराका अवस्थाहरुः

–आमा र बच्चाको सुस्वास्थ्यको लागि महिलाको उमेर २० वर्ष भन्दा कम र ३५ वर्ष भन्दा बढी भएमा

–महिलाको शरिरको तौल ४० भन्दा कम र उचाई ३३५ भन्दा कम भएमा

–आमालाई एचआईभी वा गम्भीर प्रकारको रोग लागेमा, जस्तैः मुटुरोगी, चिनी रोगी आदि‘

गर्भावस्थामा देखा पर्न सक्ने खतराका लक्ष्य्णः

–टाउको धेरै दुख्नु

–हात खुट्टा अर्रो भै काम छुटेमा वा मुर्छा पर्नु

–आँखा तिर्मिर हुनु

–हात खुट्टा सुन्निनु

–कडासङ तल्लो पेट दुख्नु

–योनिबाट थोरै पनि रगत देखिनु ‘

नेपालमा सबैभन्दा धेरै मृत्युदर हुनुको कारण अत्यधिक योनिबाट रगत बग्नु हो । सुरक्षीत मातृत्व कार्यक्रमले मृत्युदर घटाउन मुख्य भुमिका खेलेको छ । यो कार्यक्रमले घरमै सुत्केरी गराउनेको संख्यामा वृद्धि भएको छ ।

प्रतिकृया