• १२ असोज २०८३, सोमबार
  • १२ः२४ दिउँसो

मेलम्ची बाढीपीडितलाई पुजाले गरिन् राहत वितरण

प्रकाशित मिति

२०७८ असार ७ गते, सोमबार ०२:५०

काठमाडौ : सिन्धुपाल्चोकको इन्द्रावती नदीमा आएको बाढीको कारण विस्थापित भएका परिवारलाई देश तथा विदेशबाट सहयोग जुटिरहेको छ । नेपाली कलाकारहरु पनि सहयोगका लागि अग्रसर भएका छन् ।

National Life

यसैक्रममा नायिका पुजा शर्माले बाढी पीडित सिन्धुपाल्चोकबासीलाई राहत वितरण गरेकी छिन् । पुजा आफै जन्मेको सिन्धुपालल्चोक जिल्लाको मेलम्ची पुगेर बाढी पीडितको लागि शुक्रबार राहत वितरण गरेकी हुन् । बिहीबार आँचल शर्मा दम्पती र उनका टिमले पनि मेलम्चीमै पुगेर राहत वितरण गरेका थिए ।


पुजाले बाढी पीडित सिन्धुपाल्चोकबासीहरुको सहयोग गर्न सामाजिक सञ्जालमार्फत अपिल गरेकी थिइन् । उनले चामल, दाल, नुन लगायतका सामाग्री बाढी पीडितलाई आफैले हस्तान्तरण गरेकी हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया