• १२ असोज २०८३, सोमबार
  • १ः२६ दिउँसो

माओवादी केन्द्रबाट निर्वाचित १४ स्थानीय तहका जनप्रतिनिधि निष्काशित

प्रकाशित मिति

२०७८ असार ७ गते, सोमबार १२:५५

काठमाडौँ : माओवादी केन्द्रले १४ जना स्थानीय तहका जनप्रतिनिधिहरुलाई कारबाही गरेको छ । सोमबार बसेको माओवादी केन्द्रको आकस्मिक केन्द्रीय समिति बैठकले नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जना जनप्रतिनिधिलाई पार्टीबाट निष्काशन गरेको हो । निष्काशन गरिएको पत्र आजै निर्वाचन आयोगलाई बुझाउने माओवादी केन्द्रले जनाएको छ ।

National Life

बैठकले रौतहटको मौलापुर नगरपालिका प्रमुख रिना कुमारी साह, रौतहटकै कटहरिया नगरपालिका प्रमुख सियाराम कुशवाहा, देवाही गोनाही नगरपालिका उपप्रमुख परिनया देवी, मौलापुर नगरपालिका उपप्रमुख गौरीशंकरप्रसाद जयसवाल, फतुवा विजयपुर नगरपालिका उपप्रमुख कान्ति देवी, माधवनारायण नगरपालिका उपप्रमुख सिमल साह र यमुनामाई गाउँपालिका उपाध्यक्ष गीतादेवी साहलाई कारबाही गर्दै पार्टीबाट निष्कासन गरेको छ । यस्तै सिरहाको लहान नगरपालिकाको कार्यपालिका सदस्य समतीलाल दास तातीलाई कारबाही गरिएको छ ।


त्यस्तै ओखलढुंगाको चम्पादेवी गाउँपालिका १ का वडाअध्यक्ष सुरेश कुमार थापा, महोत्तरीको सम्सी गाउँपालिकाका अध्यक्ष शेष फरुक, कैलालीको भजनी नगरपालिकाका उपप्रमुख छायाँ देवकोटा, कैलालीकै गौरीगंगा नगरपालिका ४ की वडाध्यक्ष भागिरथी विष्ट, गोदावरी नगरपालिका १ का वडाध्यक्ष शर्मानन्द भट्ट र बर्दगोरिया नगरपालिका ४ का वडाध्यक्ष पुरन विसीलाई कारबाही गरिएको माओवादी केन्द्रले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया