• ४ साउन २०८३, सोमबार
  • ३:२० बिहान

उद्धार र राहतमा खटिन कार्यकर्तालाई देउवाको निर्देशन, राहत घोषणा गर्न सरकारसँग माग

प्रकाशित मिति

२०७८ असार २ गते, बुधबार ०९:१३

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी तथा पहिरोका कारण विपदमा परेका जनतालाई उद्धार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरुका लागि आवश्यक राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका छन्।


सामाजिक सञ्जालमार्फत देउवाले केही दिनदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक र मनाङ लगायतका क्षेत्रमा बाढी पहिरो र कटानले विकराल रुप लिएको उल्लेख गर्दै उद्धार र राहतका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।

Kamana Sewa

देउवाले यो कठिन अवस्थामा नेपाली उद्धार र राहतमा खटिन कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन्।

Classic Tech Desktop

प्रतिकृया