• १२ असोज २०८३, सोमबार
  • ९ः३८ बिहान

युरोकपमा स्लोभाकियाको विजयी सुरुवात

प्रकाशित मिति

२०७८ असार १ गते, मंगलवार ०६:१९

काठमाडौँ : स्लोभाकियाले युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । सोमबार राति १० खेलाडीमा समेटिएको पोल्याण्डलाई २- १ गोलले हराउँदै स्लोभाकियाले विजयी सुरुवात गरेको हो ।

National Life

रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा खेलको १८औँ मिनेटमा पोल्याण्डका गोलकिपर वजचिएक सेचेज्नीको आत्मघाती गोलबाट स्लोभाकियाले अग्रता बनाएको हो । स्लोभाकियाका रोबर्ट माकले प्रहार गरेको बल पोस्टमा लागेर फर्कदै गोलकिपर वजचिएकलाई लाग्दै गोलमा परिणत भएको थियो ।


४६ औं मिनेटमा कारोल लिन्टीले गोल गर्दै पोल्याण्डलाई १-१ गोलको बराबरीमा ल्याए । तर, मिडफिल्डर ग्रिजोर्ज क्रिजोयिक ६२औं मिनेटमा दोहोरो पहेलो कार्ड पाउँदै मैदान बाहिरिएपछि पोल्याण्डले अर्को गोल खायो । ६९औँ मिनेटमा मिलान स्क्रिनरले गोल गर्दै स्लोभाकियालाई २-१ को जित दिलाए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया