• १२ असोज २०८३, सोमबार
  • १२ः१९ दिउँसो

फिफा विश्वकप छनौटमा नेपालले आज जोर्डनसँग खेल्दै

प्रकाशित मिति

२०७८ जेष्ठ २४ गते, सोमबार ०६:५२

काठमाडौँ : फिफा विश्वकप २०२२ को दोस्रो चरणको छनोटमा नेपालले आज जोर्डनसँग खेल्दैछ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा खेल राति पौने १० बजे शुरू हुनेछ ।

National Life

जोर्डनविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्ने योजनामा हुनेछ । तर जोर्डनलाई जित्न नेपाललाई त्यति सजिलो भने छैन । यसअघिका तीन भेटमा दुईमा हार र एक बराबरी खेलेको नेपाल तुलानात्मक हिसावले कमजोर छ । तथापि अघिल्लो खेलमा चाईनिज ताईपेइलाई २-० ले हराएको नेपाल उच्च मनोबलसहित मैदान उत्रनेछ ।


नेपाल ६ खेलमा ६ अंक जोडेर चौथो स्थानमा रहेको छ । जोर्डन ५ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया