• २० भदौ २०८३, शनिबार
  • १ः५८ दिउँसो

संवैधानिक इजलास विवाद- न्यायाधीशहरू नै विभाजित, आज आदेश आएन

प्रकाशित मिति

२०७८ जेष्ठ १७ गते, सोमबार ०३:३६

काठमाडौं : संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश हट्नुपर्ने भन्ने विपक्षी कानून व्यवसायीहरुको दबाबपछि भएको बहसमाथि आन्तरिक छलफल भए पनि इजलासमै एक मत नभएपछि आज कुनै आदेश जारी भएन । संवैधानिक इजलासमा रहेका न्यायाधीशहरूसँग प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संयुक्त रूपमा र न्यायाधीशहरूबीच बेग्ला-बेग्लै छलफल भए पनि कुनै आदेश जारी नभएको सर्वोच्च स्रोतले जनाएको छ ।

National Life

प्रधानन्यायाधीश सहित सबै न्यायाधीशहरू सर्वोच्च अदालतबाट बाहिरिएका छन् । स्रोतका अनुसार भोलि संवैधानिक इजलासमै यसबारे आदेश सुनाइनेछ । विपक्षीले इजलासमा बस्न नमिल्ने भनेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले आफूहरू कुनै वकिलले भनेका भरमा इजलासबाट बाहिर नजाने अडान लिएका छन् ।


स्रोतका अनुसार वरिष्ठतम न्यायाधीश दीपक कार्की र आनन्दमोहन भट्टराईले फरक मत राखेका छन् ।

Classic Tech Desktop

प्रतिकृया