• १९ भदौ २०८३, शुक्रबार
  • १०ः०७ बिहान

वैशाख २४ देखि ३१ गतेसम्म बक्यौता बुझाएका एनआइसी एसिया बैंकका ग्राहकले पाए छुट

प्रकाशित मिति

२०७८ जेष्ठ १७ गते, सोमबार ०३:४८

काठमाडौँ : एनआइसी एसिया बैंकले २०७८ वैशाख मसान्तभित्र भुक्तानी गर्नुपर्ने सम्पूर्ण बक्यौता रकम (साँवा र ब्याज) वैशाख २४ गतेदेखि ३१ गतेसम्ममा बुझाएमा सम्बन्धित ग्राहकलाई ब्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने योजना वैशाख तेस्रो सातामा सार्वजनिक गरेको थियो।


सोही योजना अनुसार बक्यौता तिर्ने १७९ शाखा कार्यालयहरुका ४ हजार ६७६ ऋणी सदस्यहरुले संस्थालाई बुझाउनु पर्ने सम्पूर्ण रकम तोकिएको अवधिभित्र बुझाएकालाई १५ लाख १८ हजार २०२ रुपैयाँ ४७ पैसा छुट पाएको बताएको छ। यो वित्तीय संस्था मुलुकभर ६९ जिल्लामा २४७ शाखा कार्यालय सेवा प्रदान गर्दै आइरहेको छ। गत त्रयमासको अन्त्य ९चैत्र, २०७७० सम्ममा वित्तीय संस्थाले कुल १ लाख ३५ हजार १९७ विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गरेको छ।

Kamana Sewa

छोटो अवधिमै राष्ट्रिय स्तरको अग्रणि लघुवित्त संस्थाको रुपमा आफूलाई स्थापित गर्न सफल यस संस्थाले उत्पादनमूलक तथा कृषि क्षेत्रमा आधारित कर्जालाई प्राथमिकतामा राखि वित्तीय सेवाको पहुँच नपुगेको क्षेत्रको पहिचान गरी सेवा प्रदान गर्ने निति तय गरी अघि बढिरहेको छ।

Classic Tech Desktop

साथीसँगै सबल बन्दै भन्ने मूल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट देशकै सबैभन्दा ठूलो शाखा संजाल र चुक्ता पूँजी भएको देशकै एक ठूलो सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुनेछ।


त्यस्तै उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आएको र आगामी दिनहरुमा पनि सोही अनुरुप कार्य गर्नेछ।

प्रतिकृया