• २२ भदौ २०८३, सोमबार
  • ७ः२० बेलुका

तीन सन्तान जन्माउन छुट दिने चीनको घोषणा

प्रकाशित मिति

२०७८ जेष्ठ १७ गते, सोमबार ०२:१०

काठमाडौँ : चीनले तीन सन्तान जन्माउन दम्पतीहरुलाई छुट दिने भएको छ। दम्पतीहरुलाई अधिकतम तीन सन्तानसम्म जन्माउन छुट दिने व्यवस्था लागु गर्ने घोषणा सोमबार चीनले गरेको हो।

National Life

योसँगै चीनमा बढिमा दुई सन्तान मात्रै जन्माउन पाउने नियम अन्त्य हुने भएको छ । यस सम्बन्धी परिवर्तनलाई राष्ट्रपति सी जिनपिङ्गले पोलिटिकल ब्यूरोको बैठक मार्फत प्रमाणिकरण गरेको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।


हरेक दशकमा हुने गणनाको क्रममा जनसंख्या वृद्धिदर दशकौँ यताकै कम देखिएपछि चीनले नयाँ नियम लागु गर्ने भएको हो । जनसंख्या घट्दो क्रममा गएपछि चीनमाथि जनसंख्या वृद्धिका लागि आवश्यक प्रभावकारी उपाय अपनाउनका लागि दबाब बढ्दै गएको छ ।

Classic Tech Desktop

मे महिनाको सुरुमा सार्वजनिक भएको जनगणना अनुसार गएको वर्ष चीनमा झण्डै १ करोड २० लाख बच्चा मात्रै जन्मिएका थिए । यो सन् २०१६ को भन्दा निकै कम हो, सो वर्ष एक करोड ८० लाख बच्चा जन्मिएका थिए । चीनमा हालको जन्मदर सन् १९६० को दशक यताकै कम हो ।

प्रतिकृया