• १४:५१ २०८० चैत्र १६ गते
  • 2:51 pm

मलाई मैले गुमाउने दिन कस्तो हुन्छ होला ?

प्रकाशित मिति

२०७८ जेष्ठ १७ गते, सोमबार ०१:३१

kkoo

विमला भुसाल ‘गजल

मलाई मैले गुमाउने दिन कस्तो हुन्छ होला ।
सम्झन्छु यो मनलाई फेरि जस्तो होला होला ।।
सम्झन्छु यो मन लाई हजुर जस्तो होला होला ।।।
छिन भरमा आहा हजुर छिन भर मै स्वाहा ।।।

लादो रैछ दैवले हजुर राम्रो राम्रो रोजी ।
हामी सबै जानु पर्छ जहिले हुन्छ खोजी ।।
दैव पनि धेरै बाठो लान्छ रोजी रोजी ।।।

रात साधै कालो हजुर दिन पनि भो कालो ।
आज भोलि गर्दा गर्दै सबको आउँछ पालो ।।
यति मात्र थाहा छैन कहिले आउँछ पालो ।।।

मेरो भाग्य लेखिदिने कहाँ राख्यौ कलम ।
सधै दैव घाउ वनेउ बनेनौ कहिले मलम ।।
सवै दोष तिमीलाई छ है यस्तै रह्यो चलन ।।।

केलाई गर्नु रिस हजुर केलाई गर्नु डाहा।
तेरो मेरो भन्दा भन्दै हुनु पर्ने स्वाहा ॥
तिमी हामी हुनै पर्ने एक दिन स्वाहा ।।।

छिन भरमा आहा हजुर छिन भर मै स्वाहा।।
यो जिन्दगी कति बेला भइ दिन्छ स्वाहा।।

प्रतिकृया