• २० भदौ २०८३, शनिबार
  • २ः४५ दिउँसो

काठमाडौँ उपत्यकामा एक महिना पूरा भयो निषेधाज्ञा, अब कस्तो हुन्छ ?

प्रकाशित मिति

२०७८ जेष्ठ १७ गते, सोमबार ०१:१९

काठमाडौँ : दैनिक थपिने नयाँ कोरोना संक्रमितको तथ्यांक हेर्ने हो भने नेपालमा पछिल्ला दिनहरुमा घट्दो छ।संक्रमणबाट निको हुनेहरु बढ्दो छन् भने मृत्यु हुनेको संख्या घटिरहेको छ । करिब आधा संक्रमित भेटिने गरेको काठमाडौँ उपत्यकामा पनि यो संख्या दैनिक घटिरहेको छ। महामारी विकराल बन्दै गएपछि उपत्यकका गत वैशाख १६ गतेदेखि निषेधाज्ञा सुरु भएको थियो।

National Life

जेठ १४ गतेदेखि थपिएको एक साताको लकडाउन पनि थप कडा पारिएको छ। किराना पसलहरु पनि खोल्न दिइएको छैन । तरकारी पसलहरु बिहान ९ बजे मात्र खुल्छन्। अनावश्यक हिँड्ने पैदल यात्री र सवारी साधनलाई जरिवाना गर्न थालिएको छ । ललितपुर जिल्ला प्रशासन प्रमुख ढुण्डिप्रसाद निरौला स्थिती सुधार हुँदै गएको बताउँछन् ।


‘ अक्सिजन, भेन्टेलेटर, आईसीयूलगायतको अभावले सुत्नसमेत पाइएको थिएन । बल्ल आराम गरिँदै छ’, निरौला भन्छन्। पछिल्लोपटक थपिएको निषेधाज्ञा जेठ २० गते राति सकिँदै छ। निषेधाज्ञा सुरु गरिएको एक महिनाभन्दा पनि बढि समय भएको र सक्रमितहरु कम हुँदै गएको अवस्थामा अब यसको मोडल कस्तो हुन्छ भन्नेबारे कौतुहलता बढ्दो छ। आगामी निषेधाज्ञा र त्यसको मोडलबारे छलफल गर्न मंगलबार तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने निरौलाले बताए।

Classic Tech Desktop

‘स्थिति यसरी नै सुधार हुँदै गयो भने निषेधाज्ञा खुकुलो गर्ने भन्ने छ’, निरौलाले भने । काठमाडौँ उपत्यकाको हकमा तीनवटै जिल्लाका प्रशासन प्रमुखहरुले संयुक्तरुपमा निर्णय गर्ने गरेका छन् ।

प्रतिकृया