जावलाखेल भलिवल टिमका म्यानेजर लागुऔषधसहित पक्राउ
प्रकाशित मिति
२०७८ जेष्ठ १७ गते, सोमबार ०९:४८
काठमाडौं : ललितपुरस्थित जावलाखेल भलिबल टिमका म्यानेजर अनुप श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । अनुपसहित थप दुईजनालाई लागुऔषधसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले बताइन् । पक्राउ पर्नेमा अमृता खड्का र परदु गुरुङ छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले अनुपको कोठाबाट ५० ग्राम अवैध लागु औषध एम्फेटामाइन आइस बरामद गरेको छ । अनुपले एम्फेटामाइन आइसको डिलर चलाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । अमृता र परदु लागुऔषध प्रयोगकर्ता हुन् ।
अनुपकोमा किन्न गएको बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । अनुपको कोठाबाट प्रहरीले लागुऔषध तौलने डिजीटल तराजु, प्लाष्टिकका प्याकेट र तीन थरी मिश्रण गरेर प्रयोग गरिने लागुपदार्थ पनि बरामद गरेको छ ।

Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया