• ४ साउन २०८३, सोमबार
  • ८:४५ बेलुका

संक्रमितको संख्या घट्दैछ : स्वास्थ्य मन्त्रालय

प्रकाशित मिति

२०७८ जेष्ठ १६ गते, आईतवार ०५:२०

काठमाडौँ : स्वास्थ्य मन्त्रालयले अघिल्लो हप्ताको तुलनामा नेपालमा यो हप्ता कोभिड संक्रमितको संख्यामा कमी आएको पुष्टि भएको बताएको छ । मन्त्रालयको प्रेस ब्रिफिङका क्रममा जनस्वास्थ्य तथा सामुदायिक कार्यक्रम विभाग, धुलिखेल अस्पतालका निर्देशक डा.विराज कर्माचार्यले अघिल्लो हप्ताभन्दा यो हप्ता झण्डै १७.५ प्रतिशतले कोभिड संक्रमितको संख्यामा कमी आएको बताए।


अन्य प्रदेशमा संक्रमितको संख्यामा कमी आएपनि गण्डकी प्रदेशमा भने विगतको हप्ता भन्दा ५०.८ प्रतिशतले संक्रमितको संख्यामा वृद्धि भएको उनले बताए । डा. कर्माचार्यले अहिले पनि नेपालमा टेष्ट पोजेटिभिटी निकै नै धेरै भएको बताए।

Kamana Sewa

उनका अनुसार नेपालको टेष्ट पोजेटिभिटि झण्डै ३७.७ प्रतिशत छ भने भारतमा १०.४ प्रतिशत छ। उनले भने, ‘टेष्ट पोजेटिभिटी ५ अथवा त्यो भन्दा कम हुनुलाई राम्रो मानिन्छ।’ परीक्षण गरिएकाहरुको अनुपातमा संक्रमितहरुको प्रतिशतलाई टेस्ट पोजेटिभिटी भनिन्छ।

Classic Tech Desktop

प्रतिकृया