• १३ असोज २०८३, मंगलबार
  • ६ः११ बेलुका

भोलिबाट काठमाडौंमा खाद्यान्न किन्नु परे यी नम्बरमा फोन गर्नुस्

प्रकाशित मिति

२०७८ जेष्ठ १३ गते, बिहीबार ०२:४४

काठमाडौं: उपत्यकाका जिल्ला प्रशासन कार्यालयले थप गरिएको एक हप्ताको निषेधाज्ञामा किराना पसलसमेत खोल्न नदिने निर्णय गरेका छन्। माछा-मासु, दूध, तरकारीलगायतका लागि भने बिहान ९ बजेसम्म पसल खोल्न दिइने छ।

National Life

प्रशासनले खाद्यान्न पसलहरूमा भीड बढेको भन्दै एक हप्ता खोल्न नदिने भनेको हो। यो निर्णयको चौतर्फी आलोचना भइरहेको छ। यो अवधिमा खाद्यान्न किन्न परे के गर्ने भन्ने प्रश्न उठेपछि काठमाडौं जिल्ला प्रशासनले केही नम्बरहरू उपलब्ध गराएको छ।


कतै खाद्यान्नको अभाव भए नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको तर्फबाट मोबाइल गाडीमार्फत् खरिद बिक्रीको गराउने प्रशासनले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रशासनले दिएका नम्बरहरू

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड

प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द- ९८५१३२०३१४

विभागीय प्रमुख भिमबहादुर थापा- ९८५११३६७८५

प्रादेशिक प्रमुख, थापाथली ज्ञानु थापा- ९८५११२७८८

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड

प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ- ९८५१०२२५६४

नायब कार्यकारी अधिकृत कुमार राजभण्डारी- ९८५१०३३३०३

विभागीय प्रमुख सबल रिजाल- ९८५१११३६६०

अधिकृत प्रज्वल प्रधान- ९८४१३३२९९०, ९८१३२७२५६३

प्रतिकृया