• ५ साउन २०८३, मंगलबार
  • ६:४४ बेलुका

लिथुआनिया उडेको विमान ‘पत्रकार’ पक्राउ गर्न बेलारूस डाइभर्ट भएपछि यात्रुको आक्रोश

प्रकाशित मिति

२०७८ जेष्ठ १० गते, सोमबार ०४:३९

तस्वीर : रोयटर्स

काठमाडौँ : १७१ यात्रुसहित ग्रिसबाट लिथुआनियाका लागि उडेको विमान बेलारुसले ‘पत्रकार’ पक्राउ गर्न डाइभर्ट भएपछि यात्रुले आक्रोश पोखेका छन् । र्‍यान’ एअरको विमान आइतबार केही घण्टाका लागि बेलारुस डाइभर्ट गरिएपछि यात्रुहरूले आक्रोश पोखेका छन् । युरोपेली देशहरुले यो घटनाको तीव्र आलोचना गरेका छन् ।

Kamana Sewa

अमेरिकाले बेलारुसको कार्यले विमानमा सवार अमेरिकी नागरिकसहितका यात्रुहरूको जीवन खतरामा पारेको भन्दै चर्को निन्दा गरेको छ।युरोपेली देशहरूले बेलारुसमाथि ‘राज्य आतङ्क’को आरोप लगाएका छन्। नेक्स्टा ग्रुपका पूर्वसम्पादक रोमन प्रोटासेभिचलाई हिरासतमा लिएपछि उक्त विमानलाई पुनस् उड्न दिइएको थियो।

Classic Tech Desktop

बेलारुसका सञ्चारमाध्यमका अनुसार उक्त जेट विमानमा बम भएको भन्दै मिग २९ लडाकू विमानहरूले घेरेर बेलारुसको राजधानी मिन्स्कमा ओरालेका थिए। तर विमानमा बम भेटिएन।


विमान लिथुआनियाको राजधानी भिल्नियसमा स्थानीय समयअनुसार राति सवा नौ बजे मात्रै अवतरण भएको थियो । यो निर्धारित समयभन्दा ७ घण्टा ढिलो थियो।पत्रकार रोमनको रिहाइका लागि उनका समर्थक तथा बेलारुसका विपक्षी दलले अपील गरेका छन्।

प्रतिकृया