• ५ साउन २०८३, मंगलबार
  • ५:१५ बेलुका

अष्ट्रेलियाले २०२२ को मध्यसम्म अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने, विदेशी विद्यार्थी र पर्यटक प्रभावित

प्रकाशित मिति

२०७८ जेष्ठ ३ गते, सोमबार ०३:०३

क्यान्बेरा : अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशको अन्तर्राष्ट्रिय सीमा तत्कालै खोल्न अझै असुरक्षित रहेको बताएका छन् । राजनीतिक दलका नेताहरु र व्यावसायिक व्यक्तिहरुले अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा खोल्नेतर्फ लचकता अपनाउन गरिएको आग्रहलाई अस्वीकार गर्दै प्रधानमन्त्री मोरिसनले अझै पनि कोभिड- १९ को महामारीका कारण सीमा खोल्न सुरक्षित नरहेको स्पष्ट पारे ।


अस्ट्रेलियाको संसदमा सरकारले प्रस्तुत गरेको सन् २०२१ र २२ को बजेटले पनि देशको अन्तर्राष्ट्रिय सीमा आगामी सन् २०२२ को मध्यसम्म खुला नहुने सङ्केत गरेको छ ।

Kamana Sewa

प्रधानमन्त्री मोरिसनले सोमबार संवाददाताहरुसँग भने, ‘अहिल्यै कुनै कदम चालिहाल्नु त्यति सुरक्षित छैन । एक दिन सीमा खोल्ने, अर्को दिन बन्द गर्ने कार्य त्यति व्यवहारिक हुँदैन । यसरी हुँदैन ।’ उनले अगाडि भने, ‘खासमा समग्र सीमा व्यवस्थापन मुख्य कुरा हो, सुरक्षित भएको सुनिश्चित नहुँदासम्म सीमा खोल्न सकिँदैन ।’

Classic Tech Desktop


प्रधानमन्त्री मोरिसनले अर्को कदमका रुपमा सबै अस्ट्रेलियाली नागरिकलाई खोप लगाउनुका साथै अन्तर्राष्ट्रिय विद्यार्थी र आप्रवासी कामदारलाई अस्ट्रेलिया फर्काउन सहजीकरण गरिने स्पष्ट गरे । हालै गरिएको जनमत सर्वेक्षणमा अधिकांश व्यक्तिले सीमा सम्बन्धी प्रधानमन्त्री मोरिसनले लिएको कदमको समर्थन गरेलगत्तै प्रधानमन्त्री मोरिसनले उक्त धारणा व्यक्त गरेका हुन् ।


आइतबार राति सार्वजनिक गरिएको पछिल्लो न्यूजपोलमा ७३ प्रतिशत मतदाताले सरकारको सीमा सम्बन्धी नीतिको समर्थन गरेका थिए । उनीहरुले आगामी सन् २०२२ को मध्यसम्म सीमा बन्द गर्नुपर्ने बारेमा अभिमत राखेका थिए । सिमा नखुल्ने अनिश्चिततासँगै त्यहाँ जान लागेका अन्तर्राष्ट्रिय विद्यार्थी र पर्यटकमा अन्यौल छाएको छ। अस्ट्रेलियाले हाल न्युजिल्यान्डसँगको सीमा मात्र खोलेको छ। दुबै देशका नागरिक एक अर्को देशमा बिना क्वारेन्टाइन भ्रमण गर्न पाएका छन्।

प्रतिकृया