• ५ साउन २०८३, मंगलबार
  • ५:१५ बेलुका

एनआरएनएले ओमानबाट पठाएको अक्सिजन सिलिन्डर काठमाडौंमा, सरकारलाई बुझाउँदै

प्रकाशित मिति

२०७८ जेष्ठ २ गते, आईतवार ११:१६

काठमाडौं : गैरआवासीय नेपाली संघ एनआरएनए ले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान अन्तर्गत मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा ओमानबाट ५ सय ६० अक्सिजन सिलिन्डर काठमाडौंमा आइपुगेको छ ।

देशको पछिल्लो स्वास्थ्य सम्बन्धी संकटलाई मध्यनजर गर्दै संघले यसअघिनै विश्वव्यापी रुपमा सहयोग संकलनको अभियानको शुरुआत गरेको छ । यसै अभियानमार्फत संघले विदेशस्थित राजदूतावास, कूटनीतिक नियोग, संघका राष्ट्रिय समन्वय समितिलगायत विभिन्न नेपाली संघसंस्था तथा आम गैरआवासीय नेपालीहरुसँग सहकार्य गरिरहेको जनाएको छ ।

Kamana Sewa

मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा शनिबार ९१५ मे, २०२१० मा ओमानबाट ५ सय ६० सिलिन्डर अक्सिजन नेपाल ल्याइएको हो । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ओमानको पहल, ओमानस्थित नेपाली राजदूतावास, विभिन्न नेपाली संघसंस्था एवं आम गैरआवासीय नेपालीहरुको संयुक्त सहयोग र सहकार्यमा नेपाल ल्याइएको अक्सिजन सिलिन्डर रु ७५ लाख बराबरको रहेको छ ।

ओमानदेखि काठमाडौंसम्मको अक्सिजन सिलिन्टर ढुवानीको खर्च भने नेपाल सरकारले व्यहोरेको छ । नेपाल ल्याइएका ती अक्सिजन सिलिन्डर तत्काल कोरोना संक्रमितहरु समक्ष पुगोस् भनेर आइतबार सरकारलाई हस्तान्तरण गरिने भएको छ ।ओमानदेखि काठमाडौंसम्मको अक्सिजन सिलिन्टर ढुवानीको खर्च भने नेपाल सरकारले व्यहोरेको छ ।

Classic Tech Desktop
अक्सिजन सिलिन्डर

नेपाल ल्याइएका ती अक्सिजन सिलिन्डर तत्काल कोरोना संक्रमितहरु समक्ष पुगोस् भनेर आइतबार सरकारलाई हस्तान्तरण गरिने भएको छ ।एनआरएनएले मध्यपूर्व देखि अक्सिजन सिलिन्डर नेपाल पुर्याउने अभियानमा विशेष पहलकदमी लिई हाम्रो हौसला बढाएर सहकार्य गर्ने राजदूत शर्मिला पराजुली ढकालप्रति आभार व्यक्त गरेको छ ।

प्रतिकृया