• ५ साउन २०८३, मंगलबार
  • ८:५१ बिहान

कोरोना संक्रमण नियन्त्रण कोषमा सिद्धार्थ बैंकको १ करोड ४ लाख सहयोग

प्रकाशित मिति

२०७८ बैशाख २९ गते, बुधबार ०६:३७

काठमाडौं :  सिद्धार्थ बैंकले  बुधबार कोरोना भाइरसको रोकथामका तथा नियन्त्रणका लागि १ करोड ४ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा १० लाख रुपैयाँको दरले ७० लाख रुपैयाँ र आफ्ना शाखाहरु रहेका १७ वटा गाउँपालिकाका कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा २ लाख रुपैयाँका दरले ३४ लाख रुपैयाँ सहयोग गरेको हो ।

 

Kamana Sewa

 

Classic Tech Desktop

बैंकका अनुसार  हालको प्रतिकुल परिस्थितिमा तोकिएका स्वास्थ सम्बन्धी मापदण्ड अनुरुप स्थानीय अधिकारी एवं अन्य सरकारी निकायसंगको समन्वयमा, बैंकले देशभरका विभिन्न शाखाहरुबाट सम्भव भएसम्म सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।

 

 ग्राहकहरुको सहजताका लागि घरैमा बसी प्रबिधि मैत्री डिजिटल माध्यमबाटपनि बैंकिङ्ग सेवा उपलब्ध गर्दै आईरहेको बैंकले जनाएको छ ।  आफ्ना ग्राहकहरुलाई त्यस्ता डिजिटल बैंकिङ्ग सेवाहरुको प्रयोग गरी कोरोना भाइरस रोकथामका लागि सहयोग पुर्याइदिन  बैंकले आग्रह गरेको छ ।

प्रतिकृया