• ११ असोज २०८३, आइतबार
  • ५ः१० बेलुका

आफ्नै पार्टीका नेताहरुलाई बाबुरामको सुझाव : सौताका रिसले पोइको नाक काटे झैं नगरौं

प्रकाशित मिति

२०७८ बैशाख २९ गते, बुधबार ०८:१०

काठमाडौं: जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले पार्टी एकताबद्ध भएर धारा ७६ को २ अनुसार सरकार बनाउन योगदान गर्नुपर्ने भन्दै आफ्नो पार्टीका नेताहरुलाई सोहीअनुसार भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

National Life

 

कांग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त सरकार बनाउने प्रयास भैरहेको बेला जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले आफूहरु वैकल्पिक सरकार गठनको पक्षमा नभएको विज्ञप्ती निकालेपछि डा। भट्टराईको यस्तो टिप्पणी आएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

सामाजिक सञ्जालमार्फत नेता भट्टराईले लेखेका छन्(“जसपा जस्तो अग्रगामी शक्तिले एकताबद्ध ढंगले देशलाई राजनीतिक निकास दिनबाट चुक्नुहुन्न।लोकतान्त्रिक पार्टीमा फरक मत हुनु स्वाभाविक हो।तर हाम्रो आन्तरिक विवादले देशलाई अनिर्णयको बन्दी बनाउनुहुन्न।एकताबद्ध भएर धारा७६९२०को सरकार बनाउन योगदान गरौं१ सौताका रिसले पोइको नाक काटे झैं नगरौं”

प्रतिकृया