• ४ साउन २०८३, सोमबार
  • ७:४६ बेलुका

पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ५० जनामा संक्रमण पुष्टि

प्रकाशित मिति

२०७८ बैशाख २६ गते, आईतवार ०४:३४

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ८५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

 

Kamana Sewa

 

Classic Tech Desktop

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७सय ८७ पीसीआर परीक्षणमा ८ हजार ७ सय ७७ जना र ५ सय ६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८स य ५० पुष्टि भएको हो।  पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 

हाल देशभर ८८ हजार १ सय ६० जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा ४ हजार २२ जना डिस्चार्ज भएका छन्।  काठमाडौँ उपत्यकामा  पछिल्लो २४ घण्टामा मात्रै ४ हजार १९८ जना संक्रमित थपिएका छन्। काठमाडौँमा ३ हजार १ सय ६१, भक्तपुरमा ५सय ०४ र ललितपुरमा ५ सय ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिकृया