• २४ भदौ २०८३, बुधबार
  • ६ः१० बेलुका

प्रतिनिधिसभा बैठकका सांसद र कर्मचारीलाई स्वास्थ्य मापदण्ड

प्रकाशित मिति

२०७८ बैशाख २४ गते, शुक्रबार १०:३३

प्रतिनिधिसभाको बैठक बस्नुभन्दा ४ दिन अगावै सांसदलगायत कर्मचारीको कोरोनाभाइरस कोभिड-१९ परीक्षण गरिएको छ । वैशाख २७ गते बस्ने प्रतिनिधिसभाको बैठकसम्ममा सांसद र कर्मचारी संक्रमति हुन सक्ने सम्भावना भएपनि बुधबार र बिहिबार कोरोना परीक्षण गरिएको हो ।

National Life

कोरोना संक्रमित जुन बेलापनि हुन सक्ने भएकाले तीनरतीन दिनको अवधिमा सांसद र कर्मचारीको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिने भएको छ । संक्रमणको आशंका लागेमा जुन समयमा पनि पिसिआर सकिन्छ । तर, सांसद कर्मचारीलाई तीन/तीन दिनको अवधिमा पिसिआर तथा एन्टिजोन परीक्षण गरिने भएको छ ।

संक्रमणको उच्च जोखिम रहेकाले सांसद भवनमा कडा निगरानी राखिने भएको छ । सांसदहरुको  सिट बाहेक अन्य सिटमा बस्न पाउने छैनन् । सामाजिक दूरी कायम गरिने छ । यदि सांसदले मास्क नलगाउने वा चिउँडोमा झारेको खण्डमा सुरक्षाकर्मी भित्र पस्न नदिने, संक्रमितलाई होटल आइसोलेशनमा राख्ने, कोरोना परीक्षण गरिए पनि ज्येष्ठ उमेर समूहका सांसद, दीर्घरोगीलाई फ्रन्टलाइन नराखेर छुट्टै कडा निगरानीमा राखिने संघीय संसदका बैठक सञ्चालन स्वास्थ्य सुरक्षा मापदण्ड सम्बन्धमा छलफलमा सहभागी एक चिकित्सकले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै तापक्रम नापेर त्यसको आधारमा सांसद भवनभित्र प्रवेश दिने वा नदिने भन्ने बारेमा हेल्थ टिमले निर्णय लिन्छ । यस्तै बुधबार सांसदलगायत कर्मचारीहरुको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा ४ जना सांसदमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै दुई कर्मचारीको पनि पोजेटिभ रिपोर्ट आएको छ ।

४ दिनअघि कोरोना पिसिआर परीक्षणमा सभामुख अग्निप्रसाद सापकोटा र उनको सचिवालयका सबैको नेगेटिभ नतिजा आएको छ । प्रतिनिधिसभाका एक दर्जन बढी सांसदलाई कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । हेल्थ टिमले प्रत्येक दिन सांसद तथा कर्मचारीलाई मनिटरिङ गर्नेछ ।

प्रतिकृया