• 6:39 am

धादिङ अस्पतालका ४० जना स्वास्थ्यकर्मी कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति

२०७८ बैशाख २४ गते, शुक्रबार ०९:२९

पवित्रा थापा मागर  धादिङ : धादिङ अस्पतालका ४० जना स्वास्थ्यकर्मी कर्मचारीहरुमा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएसँगै सेवा प्रवाहमा समस्या भएको छ ।

 

स्वास्थ्यकर्मी कर्मचारीहरुमा संक्रमण देखिएपछि अस्थायी कोभिड–१९ अस्पताल ९आईसोलेसन  मा १ जना चिकित्सकले सेवा प्रवाह गरिरहेको धादिङ अस्पतालका सुचना अधिकारी विक्रम वि।कले जानकारी दिनुभएको छ ।

त्यस्तै उहाँले स्वास्थ्यकर्मी कर्मचारीको अभावमा कोरोना भाइरस कोभिड १९ संक्रमित स्वास्थ्यकर्मीहरुले नै सेवा दिनुपर्ने बाध्यात्मक अवस्था रहेको पनि जानकारी दिनुभयो ।

 

त्यस्तै उहाँले डा. सबिन भण्डारीको नेतृत्वमा रहेको आईसोलेसन टीमले कोभिड–१९ संक्रमित बिरामीहरुको उपचार गर्ने गरिएको जानकारी दिनुभयो ।  त्यस्तै दैनिक १५ वटा सम्म अक्सिजन सिलिन्डर ३ तले आईसोलेशन भवनको सबै कोठामा बोकेर पुयाउन परेको धादिङ अस्पतालले जनाएको छ ।

प्रतिकृया