• २६ भदौ २०८३, शुक्रबार
  • ४ः३७ बेलुका

प्रत्येक जिल्लालाई एक करोड, पाँच जिल्लामा एक एक सय बेड थप्ने

प्रकाशित मिति

२०७८ बैशाख २० गते, सोमबार ११:२८

कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम तथा उपचारका लागि प्रत्येक जिल्लामा एक÷एक करोड तत्त्काल उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले आवश्यक अक्सिजन शिलिण्डर, अक्सिजन आपूर्तिलगायतको व्यवस्थापन गर्न प्रत्येक जिल्लामा एक करोड रुपियाँ उपलब्ध गराउने निर्णय गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्री एवं सरकारका प्रवक्ता बिमला केसीले कोरोना रोकथाम तथा उपचारमा देखिएका समस्या समधान गर्न बजेट तत्तकाल बजेट पठाइने निर्णय गरेको जानकारी दिनुभयो ।

National Life

 

उहाँका अनुसार प्रत्येक जिल्लामा एक÷एक करोड, प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी अस्पताल रुकुमपश्चिममा एक/एक करोड बजेट पठाइने छ । मेहेकुना अस्पताल सुर्खेत र दैलेख अस्पतालमा ५०/५० लाख रुपियाँ पठाउने उहाँले जानकारी दिनुभयो । यस्तै बैठकले प्रदेश विपद् व्यवस्थापन कोषमा आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध कोषबाट ५० लाख रुपियाँ जम्मा गर्ने निर्णय गरेको छ । यस अघि प्रदेश सकारले कोरोना रोकथाम तथा उपचारका लागि विकास बजेट कटौती गरेर एक अर्बको कोष स्थापना गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

 

पाँच जिल्लामा अक्सिजनसहित एक सय बेड तयार गरिने
कोरोना संक्रमितको संख्या बढ्दै गए पछि पाँच जिल्लामा अक्सिजनसहित एक सय बेड तयार गरिने गरी तयारी अघि बढाएको छ । कालीकोट, दैलेख , जाजरकोट, सल्यान र रुकुमपश्चिममा अक्सिजनसहित एक सय बेड र अन्य जिल्लामा अक्सिजनसहित ५० बेड तयारी गरिनेछ । प्रदेश अस्पतालमा अक्सिजनसहित पाँच सय बेडको तयार गर्ने लक्ष्य लिएको र तत्तकाल एक सय बेड थप्ने काम तिव्र गतिमा भइरहेको सरकारले जनाएको । (गोरखापत्र)

प्रतिकृया