• 6:44 pm

काँग्रेसका प्रवक्ता शर्मालाई संक्रमणको पुष्टि

प्रकाशित मिति

२०७८ बैशाख २० गते, सोमबार ११:२३

काठमाडौँ:  नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ ।आइतबार ज्वरो आएपछि उनले स्टार हस्पिटलमा स्वाब परीक्षण गराएकोमा सोमबार बिहान रिपोर्ट पोजेटिभ आएको हो ।

“डेरामै आइसोलेसनमा छु । लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ । सबैलाई विनम्र आग्रह छ सजग बनौं, ” शर्माले टिवीटरमा भनेका छन् । डाक्टर अनुप बाँस्तोलाको निर्देशनअनुरुप औषधी सेवन गर्न सुरु गरेकोशर्माले जानकारी दिएका छन् । सभापति शेरबहादुर देउवालाई जानकारी गराएर सक्रिय जिम्मेवारीबाट हप्ता /दश दिनका लागि विदा लिएको उनले बताएका छन् ।

प्रतिकृया