• 11:31 am

बैङ्कहरुलाई बैंकर्स संघको १२ बुँदे निर्देशन

प्रकाशित मिति

२०७८ बैशाख २० गते, सोमबार ११:०१

काठमाडौँ : कोरोना भाइरस ,कोभिड-१९ को दोस्रो लहरबाट संक्रमित हुनेहरु बढ्दै गएपछि डेभलपमेन्ट बैंकर्स संघले पनि विकास बैङ्कहरुलाई १२ बुँदे निर्देशन दिएको छ । सदस्य बैङ्कले प्रधान कार्यालयमा २ जना वरिष्ठ पदाधिकारीहरूलाई सम्पर्क व्यक्ति तोकी उक्त पदाधिकारीहरुको नाम, मोवाइल नं. ,इमेल आइडी आदि एसोसिएसनको सचिवालयलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।

 

यस्तै डिजिटल बैंकिङ प्रडक्टहरुबाट गरिने बैंकिङ कारोबारका प्रकृयाहरू र अपनाउनु पर्ने सावधानीका बारेमा ग्राहकहरुलाई उपलब्ध र सम्भव भएसम्मका सञ्चार माध्यमबाट जानकारी गराउन व्यवस्था गर्न आफ्ना सदस्य बैङ्कलाई डेभलपमेन्ट बैंकर्स संघले भनेको छ । स्थानीय प्रशासनले बैंकिङ सेवा समेत प्रवाह गर्न रोक लगाएको वा बैकल्पिक व्यवस्था गरेको भएमा सोही अनुसार गर्न समेत निर्देशन दिएको छ ।

 

साथै सेवा प्रदान गर्न खोलिने शाखा र बैकल्पिक शाखाहरूको सूची बैंकिङ समय समेत उल्लेख गरी प्रत्येक दिन बैङ्कको वेभसाइट र शाखाका मूल ढोकामा प्रकाशित गर्ने व्यवस्था मिलाउने, स्थानीय प्रशासनले बैंकिङ सेवा समेत प्रवाह गर्न रोक लगाएको वा बैकल्पिक व्यवस्था गरेको भएमा सोही अनुसार गर्ने, स्थानीय प्रशासन र अन्य निकायहरुसँग आवश्यक समन्वयको व्यवस्था मिलाउने, प्रत्येक सदस्य बैङ्कले प्रधान कार्यालयमा र शाखाहरूमा ग्राहकबाट लिइने जानकारी प्रदान गर्न र समन्वय गर्नका लागि सम्पर्क व्यक्ति तोकी उक्त सम्पर्क व्यक्तिको फोन नं. र इमेल आइडी बैङ्कको वेभसाइटमा प्रकाशित गर्ने निर्देशनमा उल्लेख छ ।

 

यसैगरि सदस्य बैङ्कले प्रधान कार्यालयमा २ जना वरिष्ठ पदाधिकारीहरूलाई सम्पर्क व्यक्ति तोकी उक्त पदाधिकारीहरूको नाम,मोवाइल नं।,इमेल आइडी आदि एसोसिएसनको सचिवालयलाई उपलब्ध गराउने, एशोसियसनका माध्यमबाट पहल गरी समाधान गर्नु पर्ने किसिमका कुनै समस्या आएमा अध्यक्ष/उपाध्यक्ष/अन्य कार्यसमिति पदाधिकारी वा सचिवालयमा यथाशिघ्र जानकारी गराउने, डिजिटल बैंकिङ प्रडक्टहरुबाट बैंकिङ कारोवार गर्न ग्राहकहरुलाई उत्प्रेरित गर्ने र उपलब्ध र संभव भए सम्मका संचार माध्यमबाट सो सम्बन्धी जानकारी ग्राहकलाई गराउने जारी निर्देशनमा जनाएको छ ।

 

डिजिटल बैंकिङ प्रडक्टहरुबाट गरिने बैंकिङ कारोबारका प्रकृयाहरू र अपनाउनु पर्ने सावधानीका बारेमा पनि ग्राहकहरुलाई उपलब्ध र संभव भए सम्मका संचार माध्यमबाट जानकारी गराउने, डिजिटल बैंकिङ प्रडक्टहरुबाट बैंकिङ कारोवार कारोवार गर्दा जोखिम पनि बढ्ने भएकाले जोखिम न्यूनिकरणका उपायहरु अवलम्बन गर्ने । जोखिम न्यूनिकरण गर्नका लागि सदस्य बैङ्कहरूले लागू गरेका उत्तम अभ्यासहरू उपलब्ध गराउन मिल्नेसम्मको सीमा भित्र रही जानकारी गराइ एक अर्कालाई सहयोग गर्ने, अन्य कुराहरूको हकमा नेपाल राष्ट्र बैङ्कको निर्देशन तथा स्थानीय प्रशासन वा नेपाल सरकारको निर्णय र सम्बन्धित सदस्य बैङ्कको नीति नियमको परिधि भित्र रहेर कार्य गर्ने निर्देशनमा जनाएको छ ।

प्रतिकृया