आत्तिएर सर्वसाधारणले अक्सिजन सिलिन्डर पनि स्टक राख्न थाले
प्रकाशित मिति
२०७८ बैशाख १४ गते, मंगलवार ०७:५३
नेपालमा संक्रमितको संख्या बढ्दो छ, जसका कारण यहाँ अक्सिजन माग तीन गुणा बढेको उद्योगी बताउँछन् । त्रासकै कारण सर्वसाधारणले व्यक्तिगत रूपमा समेत मौज्दात गर्न लागेको उनीहरूको भनाइ छ ।


यद्यपि नेपालमा अक्सिजन अभाव छैन । समस्या सिलिन्डरमा मात्रै रहेको उद्योगीहरूले जनाएका छन् । संक्रमितको संख्या दिनहुँ बढिरहेकाले सरकारले सिलिन्डर आयातरखरिदको संख्या बढाउनुपर्ने उद्योगीहरूको भनाइ छ ।
शरीरमा अक्सिजनको मात्रा कम हुँदा बिरामीलाई कृत्रिम अक्सिजन दिनुपर्छ । तर उद्योगबाट रिफिल गरेर पठाउन आफूहरूलाई सिलिन्डरकै समस्या रहेको उद्योगीहरूको गुनासो छ ।
‘धेरै सिलिन्डर होल्डिङमा हुन्छन् । ३-४ सय सिलिन्डर रोटेसनमा छन् । अहिलेसम्म चलिरहेकै छ,’ शंकर अक्सिजन ग्यास प्रालिका प्रबन्धक शम्भु भण्डारीले भने ।
‘हरेक अस्पतालमा माग बढ्दो क्रममा रहेकाले सरकारले सिलिन्डरको आयात संख्या बढाउनुपर्छ । थप सिलिन्डर आयात नभए समस्या हुन सक्छ,’ उनले भने ।
(कान्तिपुर दैनिक)



प्रतिकृया