• २० भदौ २०८३, शनिबार
  • ५ः१९ बेलुका

बिहीबारदेखि आन्तरिक हवाई उडान पनि बन्द हुने

प्रकाशित मिति

२०७८ बैशाख १३ गते, सोमबार ०७:०९

काठमाडौँ:  बिहीबारदेखि आन्तरिक हवाई उडान पनि बन्द गर्ने तयारी भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको सोमबार बसेको ब्यवस्थापन समितिको बैठकमा बैशाख १६ गतेबाट आन्तरिक उडान बन्द गराउने विषयमा छलफल भएको एक अधिकारीले जानकारी दिए।

National Life

 

काठमाडौँ जिल्ला प्रशासनले सोमबार साँझ निकालेको विज्ञप्तीमा आन्तरिक उडान बन्दका विषयमा भने केही कुरा उल्लेख छैन। स्रोतका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यसबारे विज्ञप्ती निकाल्ने तयारी गरेको छ।

Classic Tech Desktop

 

काठमाडौँ जिल्ला प्रशासनले निकालेको विज्ञप्तीमा ‘अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरुको हवाई टिकट, पासपोर्ट, भिषा हुनेहरुलाई सिधै एयरपोर्ट जाने सवारी साधनको लागि सहजिकरण गरिने’ मात्र उल्लेख छ।

प्रतिकृया