• २० भदौ २०८३, शनिबार
  • ५ः५५ बेलुका

के के बन्द र के के खुल्ला हुँदैछ ?  विवाहमा १५ जनासम्मलाई छुट, एम्बुलेन्समा विरामी र  २ जना  कुरुवा मात्र 

प्रकाशित मिति

२०७८ बैशाख १३ गते, सोमबार ०७:१९

काठमाडौँ – वैशाख १६ गते बिहीबारदेखि लागू हुने गरी काठमाडौँमा निषेधज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयले काठमाडौँले सूचना जारी गर्दै बिहीबार बिहान ६ बजेदेखि लागू हुने गरी अत्याआवश्यक बाहेकका अरु सबै सेवामा रोक लगाउने निर्णय गरेको छ। यसअनुसार एक हप्ता सार्वजनिक सवारी साधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको छ भने सभा सम्मेलन गर्न पनि पाइने छैन।

National Life

 

१. सभा सम्मेलनः सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, सैलून, ब्यूटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न नपाइने। विवाह व्रतबन्ध गर्नका लागि भने बढीमा १५ जना सम्म स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर भेला हुन पाइनेछ।

Classic Tech Desktop

२. सार्वजनिक एवं निजी सवारी स् सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनमा मिति १६ गते बिहान ६ बजेदेखि २२ गते राती १२ः०० बजेसम्म रोक लगाइएको छ।

अत्यावश्यक सामग्री बोकेका दुवानीका सवारी साधन, विरामी तथा कुरुवा बढीमा २ जना बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन काठमाडौं जिल्ला भित्र प्रवेश नदिने प्रशासनले जनाएको छ।

त्यस्तै अत्यावश्यक सेवाहरु एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, बैङ, वित्तीय संस्था, दूरसंचार इन्टरनेट, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, लगायतका ढुवानी तथा यातायातका साधनमा विषय उल्लेख गरी संचालन गर्न पाउनेछ।

सरकारी कार्यालयले सम्बन्धित मन्त्रालय वा विभागबाट जारी भएको सवारी पास लिई सवारी साधन प्रयोग गर्न पाउनेछन्। विकास निर्माण कार्यमा र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसको आधारमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको सवारी पास लिएर मात्र सञ्चालन गर्न पाउने।

उल्लेखित बाहेक अन्य अत्यावश्यक काम ९अस्पताल आउने जाने बिरामी र कुरुवा मृत्यु संस्कारमा अनिवार्य रुपमा सहभागी हुनु पर्ने अवस्था० का लागि सवारी साधन प्रयोग गर्नुपरेमा प्रमुख जिल्ला अधिकारीबाट जारी हुने अनुमति पास लिनु पर्नेछ।

३. अत्यावश्यक खाद्य सामग्रीको हकमा खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धि पसल व्यवसाय बाहेकका अन्य पसल व्यवसाय हाललाई बन्द गर्ने र खाद्य सामग्रीहरुका पसल व्यवसाय बिहान १० बजेसम्म र बेलुका ५ बजे देखि ७ बजे सम्म खुल्ला गर्न पाइने।

डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्षमात्र बिहान १० बजे देखि बेलुका ५ बजे सम्म सञ्चालन हुने। खाद्य सामग्री, ग्रोसरी पसल, औषधि पसल जस्ता अत्यावश्यक सेवाका व्यवसाय संचालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्नुपर्ने।

४. नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा आवत जावत गर्न पाइने।

५.संचारकर्मीरपत्रकारको हकमा सूचना संकलन तथा सम्प्रेषण गर्न सूचना विभागले जारी गरेको परिचय पत्रको आधारमा आवतजावत गर्न दिइने।

६. काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टाइन र होम आइसोलेसन मा वस्नु पर्नेछ।

७. अत्यावश्यक वाहेकका अन्य सार्वजनिक सेवा हाललाई स्थगित गर्ने।

प्रतिकृया