• २० भदौ २०८३, शनिबार
  • ४ः३५ बेलुका

रुपन्देहीका ४ सय होटल आइसोलेशन र क्वारेन्टिन बनाउनका दिने

प्रकाशित मिति

२०७८ बैशाख १३ गते, सोमबार ०७:०५

रुपन्देही:  कोरोना संक्रमितको संख्या बढ्दै गएको रुपन्देहीमा व्यवसायीहरुले ४ सय होटल आइसोलेसन बनाउन दिने भएका छन् । उनीहरुले कोरोनाविरुद्धको स्वास्थ्य मापदण्ड अपनाएर १ हजारभन्दा बढी कोभिड संक्रमितहरुलाई राख्न सक्ने गरी तयारी गरेको जानकारी दिएका छन् । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले कोभिडको दोस्रो चरणको माहामारी फैलँदै गएसंगै जिल्लाका ४ सय होटलहरुलाई आइसोलेशन र क्वारेन्टाइन बनाउनका लागि राज्यलाई सहयोग गर्न तयार रहेको अध्यक्ष रामप्रसाद गौतमले बताए ।

National Life

उनले महामारीको संकटमा राज्यलाई थप आर्थिक संकटमा नपार्नका लागि संघले संस्थागत निर्णय गरेको बताए । गौतमले कोभिडको महामारीमा व्यवसायीहरुलाई राहात प्रदान गर्न सरकारले गतवर्ष नै घोषणा गरेको व्यवसायीहरुलाई विद्युत डिमाण्डको चार्ज मिनाह गर्ने निर्णय गरेतापनि विद्युत प्राधिकरणले परिपत्र नआएको भन्दै व्यवसायीलाई छुट नदिएकोमा सरकारको ध्यान जान जरुरी रहेको औल्याए ।

संघले कोभिडको माहामारीको अग्रभागमा खटिने होटल व्यवसायी र कर्मचारीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन माग गर्ने निर्णय गरेको छ । सरकार र स्थानीय तहसंग सहकार्य गरि कोभिड विरुद्धको सचेतना कार्यक्रम गर्न पनि संघ तयार रहेको बैठकले निर्णय गरेको छ । संघले कोभिड संक्रमित भएका १ हजार बढीलाई संघमा आवद्ध व्यवसायीको होटलमा न्युनतम शुल्कमा राख्न सक्ने गरि तयारी गरिएको संघ महासचिव माधवकुमार खनालले बताए । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीमा १ हजार बढी व्यवसायी आवद्ध रहेको र करिव ४० अर्व भन्दा बढी लगानी रहेको छ ।

Classic Tech Desktop

प्रतिकृया