• ४ साउन २०८३, सोमबार
  • १०:२५ बेलुका

सिटी र स्पर्स प्रिमियर लिगमा विजयी

प्रकाशित मिति

२०७८ बैशाख ९ गते, बिहीबार ०९:१८

इंग्लीश प्रिमियर लिग फुटबलमा गए राति भएको खेलमा म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी भएका छन् ।

तालिकाको शिर्ष स्थानमा रहेको म्यान सिटीले एस्टन भिल्लालाई उसैको मैदानमा २-१ ले हरायो । सिटीको जितमा फिल फोडेन र रोड्रिले एक एक गोल गरे । भिल्लाका जोन क्याक्गीनले पहिलो गोल गरेका थिए ।

Kamana Sewa

खेलको ४१ औं मिनेटमा सिटीका जोन स्टोन्स र ५७ औं मिनेटमा भिल्लाका म्याटी क्यासले रातो कार्ड खाएपछि दुवै टोली १० जनामा समेटिएका थिए ।

Classic Tech Desktop

प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरले साउथह्याम्टनलाई २-१ ले हरायो । टोटनह्यामको जितमा ग्यारेथ बेल र हिउङ मिन सनले एक एक गोल गरे । साउथह्याम्पटनका ड्यानी इंग्सले पहिलो गोल गरेका थिए ।

गएरातिका खेलहरुपछि प्रिमियर लिगको तालिकामा ३३ खेलबाट ७७ अंकसहित म्यान्चेस्टर सिटी शिर्ष स्थानमा रहेको छ । एक खेल कम खेलेको म्यान्चेस्टर युनाईटेड ६६ अंकसहित दोस्रो स्थानमा छ ।

(एजेन्सी)

प्रतिकृया