• २६ भदौ २०८३, शुक्रबार
  • २ः३२ दिउँसो

सिभिल बैंकको नेतृत्वमा फेरबदल

प्रकाशित मिति

२०७८ बैशाख ६ गते, सोमबार ०५:२३

काठमाडौँ: सिभिल बैंक लिमिटेडको नेतृत्वमा फेरबदल भएको छ । बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा रहेका गोविन्द गुरुङले पदबाट राजीनामा दिएको तथा उक्त राजीनामा मिति २०७८/०१/०५ गते बसेको संचालक समितिको बैठकबाट मिति २०७८/०१/१८ गते देखि लागु हुने गरी स्वीकृत भएको छ।

National Life

साथै उक्त बैठकबाट बैंकका वर्तमान नायब प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ।

सिभिल बैंकमा वि.सं २०६९ असोज २१ मा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा आवद्ध भएका गोविन्द गुरुङले वि.सं २०७४ वैशाख १२ मा कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको रुपमा र वि.सं २०७४ श्रावण ११ देखि प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हालेका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

बैंकले चेन्ज म्यानेजमेन्टमार्फत संस्थागत संस्कार, कार्यगत संस्कार, कर्जाको गुणस्तर, संस्थागत संरचनामा व्यापक सुधार गरी हालैका वर्षहरुमा व्यवसायको आयतनमा व्यापक वृद्धि गरेको दावी गरेको छ।

उनले प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हाल्दा बैंकको निक्षेप रु ३३ अर्व ८१ करोड, कर्जा रु ३१ अर्व १९ करोड, निष्क्रिय कर्जा अनुपात ४.६६ प्रतिशत, शाखा संख्या ५१ थियो र हाल बैंकको निक्षेप रु ८७अर्व ८९ करोड, कर्जा रु ८१ अर्व ४४ करोड, निष्क्रिय कर्जा अनुपात १.७० प्रतिशत तथा शाखा संख्या ११४ पुगेको छ। उनको कार्यकालमै युनिक फाइनान्स र हामा मर्चेन्ट एण्ड फाइनान्स मर्जर भएको थियो।

प्रतिकृया