• २६ भदौ २०८३, शुक्रबार
  • १२ः४७ राती

अनिवार्य मास्क लगाउने नियम हटाइयो: इजरायल

प्रकाशित मिति

२०७८ बैशाख ६ गते, सोमबार ०९:२२

कोरोनाभाइरसको संक्रमण घट्दै गएपछि इजरायलले घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउनु पर्ने नियम हटाएको छ।

National Life

इजरायलको स्वास्थ्य मन्त्रालयले आइतबारदेखि लागु हुने गरी मास्क अनिवार्य लगाउनु पर्ने नियम हटाएको हो।

इजरायलमा अहिलेसम्म जम्मा जनसंख्याको झन्डै ८१ प्रतिशतले कोरोनाविरूद्धको खोप लगाइसकेका छन्। धेरै मानिसहरूले दुई डोज खोप लगाइसकेकाले इजरायलमा कोरोना संक्रमण निकै कम छ।

Classic Tech Mobile
Classic Tech Desktop

बाहिर जाँदा मास्क नलगाए पनि घरभित्र मानिसहरू भेला हुने ठाउँमा भने मास्क लगाउनु पर्नेछ। विदेशबाट आउने खोप नलगाएका इजरायलीहरू पनि १४ दिन आइसोलेसनमा बस्नुपर्नेछ।

प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले कोरोनाभाइरसविरूद्ध आफूहरूले अहिले संसारलाई लिड गरिरहेको भए पनि भाइरस अझै नसकिएकाले सचेतता अपनाउनु पर्ने बताएका छन् ।

(एजेन्सी)

प्रतिकृया