• १५:५३ २०८० चैत्र १६ गते
  • 3:53 pm

कर्णालीमा कसलाई साथ दिने भनेर काँग्रेस केन्द्रको निर्णय कुर्दै

प्रकाशित मिति

२०७८ बैशाख ३ गते, शुक्रबार ०२:५८

biswas ko mat

सुर्खेत: कर्णाली प्रदेशमा काँग्रेसले कसलाई साथ दिने भनेर केन्द्रको निर्णय कुुरेको छ । आज बस्ने प्रदेश सभाको बैठकमा प्रदेश सरकारले विश्वासको मत लिँदैछ ।

बैठकमा मुख्यमन्त्री मन्त्री महेन्द्रबहादुर शाहीले काँग्रेस, राप्रपा र एमाले माधव नेपाल पक्षका सांसदहरुको मत आउने अपेक्षा गरेका गर्नु भएको छ ।

तर काँग्रेसले केन्द्रको निर्णय पर्खिएको र केन्द्रको निर्णय अनुुसार अघि बढ्ने बताएको छ । बिहान बसेको नेपाली काँग्रेस संसदीय दलको बैठक केन्द्रको विना निष्कर्ष सकिएर र फेरि बैठक बस्दै छ ।

केन्द्रको निर्णय आइसकेपछि बैठक बस्ने प्रदेशसभा सदस्य अमृता शाहीले जानकारी दिनुभयो ।

कर्णालीमा ३९ सांसद छन् । सरकारलाई बहुमत जुटाउन २० जना सांसदको आवश्यकता पर्छ । कर्णालीमा माओवादीका १२ जना सांसद छन् । माओवादी केन्द्रले काँग्रेस, राप्रपा र एमाले माधव नेपाल पक्षका सांसदहरुको मत पाउने अपेक्षा गरेको छ ।

कर्णालीमा एमालेका सभामुखसहित २०, माओवादीका १२, काँग्रेसका छ र राप्रपाका एक जना सांसद छन् । मुख्यमन्त्रीले एमाले बाहेक अन्य दलको साथ लिए पनि विश्वासको मत पाउने सम्भावना छैन ।
(गोरखापत्र)

प्रतिकृया