• ५ साउन २०८३, मंगलबार
  • ८:५६ बिहान

बागमती प्रदेशसभाको बैठक : दिउँसो एक बजे

प्रकाशित मिति

२०७८ बैशाख २ गते, बिहीबार ११:१३

काठमाडौँ : बागमती प्रदेशसभाको बैठक विहीबार बस्दै छ । बैठक दिउँसो एक बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले कार्यव्यवस्था परामर्श समितिबाट यसअघि तय गरेका कार्यसूची अनुसार बैठक बस्ने बताए ।

Kamana Sewa

 बैठक सन्चालन हुन नसक्दा प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश पर्यटन विधेयक २०७७ रोकिएका छन् ।

Classic Tech Desktop

प्रतिपक्षी माओवादी केन्द्रले प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएको छ । प्रतिपक्षी सांसदहरुले मदन भण्डारी फाउन्डेसन र विद्युतीय बस खरिद प्रक्रियाका लागि प्रदेशसभा सरकारले उपलब्ध गराउन

लागेको ५० लाख रुपैयाँ रोक्न माग गर्दै आएका छन् । मागमा माओवादी केन्द्रसहित कांग्रेस र विवेकशील पार्टीले समर्थन जनाएका छन् ।

मापदण्डविनै विद्युतीय बस खरिद प्रकृया अगाडि बढाएर भ्रष्टाचारलाई प्रत्साहन गर्न खोजिएको उनीहरुको आरोप छ ।

प्रतिकृया