मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु
प्रकाशित मिति
२०७८ बैशाख २ गते, बिहीबार १०:५१
भक्तपुर : भक्तपुरमा गए राती भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मध्यपुर ठिमी नगरपालिका-४ एस.एस. चोक नजिक अरनिको राजमार्गमा भक्तपुरबाट काठमाडांै तर्फ जाँदै गरेको बा ५३ प ६९३८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकको बाँया तर्फको रेलिङमा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाईकलको पछाडी सवार काभ्रेपलाञ्चोक, धुलिखेल नगरपालिका-१० बस्ने बर्ष ३२ का महेश शाह रहेको प्रहरीले जानकारी दिएको छ ।

उपचारको लागि मध्यपुर अस्पताल ठिमी पुर्याउँदा शाहको मृत्यु भएको अस्पातालले घोषणा गरेको थियो ।
मोटरसाईकल चालक धुलिखेल-१० मै बस्ने बर्ष २२ को महेन्द्र शाहको गम्भीर अवस्थामा मध्यपुर अस्पताल ठिमीमा उपचार भैरहेको छ ।
मादक पदार्थ सेवन गरी तीब्र गतिमा लापरवाही तरिकाले मोटरसाइकल चलाउदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताउएका छन् ।




प्रतिकृया