ककनीको तीन छाँगे झरनामा पर्यटकको घुँइचो
प्रकाशित मिति
२०७८ बैशाख २ गते, बिहीबार १०:४४
ओखलढुंगा : नयाँ वर्षको सुरुवातसँगै ककनीमा स्वदेशी पर्यटकको घुँइचो लागेको छ ।
सुनकोशी गाँउपालिका -९ ककनीको तीन छाँगे झरनामा नव वर्षको पहिलो दिन एक हजार भन्दा बढी पर्यटकहरुको आगमनले इतिहास रचेकोे हो ।
ओखलढुंगा बजारबाट नजिकै पर्ने उक्त ककनीमा तीन छाँगे झरना निकै सुन्दर भएकाले चर्चामा आएको छ । चारैतिरबाट डाँडाले घेरेको र बीच भागमा केही खुल्ला भएकाले झरनामा भिझेने ,दृश्य अवलोकन गर्न मनमोहक रहेकोले पर्यटकको आकर्षण बढेको छ ।

समाजिक सञ्जालमा लोकप्रिय हुदैँ गर्दा नव वर्षमा पनि आन्तिरिक पर्यटकको घुँइचो लागेको त्यहाँको स्थानियबासी नर बहादुर सुनुवारले बताए । गत वर्ष स्थानिय निकायबाट केही बजेट झरनाका लागि आएकाले गाँउ र विभिन्न स्रोत परिचालन गरी छाँगासम्म पुग्ने खुट्किलो बनाइएको सुनुवार।ले बताए ।

उनका अनुसार हाल ककनीमा सडक जोडिएकाले पर्यटकलाई आउ-जाउमा पहिलेको जस्तो अप्ठ्यारो नहुने बताएका छन् ।
भावी दिनमा थप नयाँ सेवा र सुविधाहरु उपलब्ध गराउन स्थानिय निकाय र स्थानियबासिसँग सहकार्य गर्न लागि परेको उनले बताएका छन् ।




प्रतिकृया