• २४ भदौ २०८३, बुधबार
  • ४ः०३ बेलुका

सुष्मालाई जेल चलान

प्रकाशित मिति

२०७८ बैशाख १ गते, बुधबार १०:५३

काठमाडौँ : नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल रेग्मी जेल चलान भएकी छन् ।

National Life

आफ्नी ८४ वर्षीया आमा शोभा रिजालको जाहेरीका आधारमा २४ चैतमा पक्राउ परेकी सुष्मालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो ।

प्रहरीले सुष्मामाथि ज्येष्ठ नागरिकलाई बेवास्ता गरेको आरोपमा मुद्दा चलाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतका अनुसार जाहेरवाला आमा शोभाले सुस्माले सबै सम्पत्ति जालसाजीपूर्वक लिएर सन्तानको कर्तव्य पूरा नगरेको भन्दै छोरीविरुद्ध जाहेरी दिएकी थिइन् ।

१ मंसिर ०७६ मा सुष्माले बुबा भुपेन्द्रप्रसाद रिजालको मृत्यु भएपछि आमा शोभालाई आफूसँगै राखेकी थिइन् ।

भुपेन्द्र र शोभाको माछापुच्छ्रे बैंकस्थित संयुक्त खातामा सुन र चाँदीसहित करिब तीन करोड रुपैयाँ नगद थियो । उक्त रकम सुष्माले जालसाजीपूवर्क झिकेपछि आमालाई बेवास्ता गरेको प्रहरीको भनाइ छ ।

प्रतिकृया