• ०५:०५ २०८१ बैशाख ७ गते
  • 5:05 am

सुष्मालाई जेल चलान

प्रकाशित मिति

२०७८ बैशाख १ गते, बुधबार १०:५३

handcuff

काठमाडौँ : नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल रेग्मी जेल चलान भएकी छन् ।

आफ्नी ८४ वर्षीया आमा शोभा रिजालको जाहेरीका आधारमा २४ चैतमा पक्राउ परेकी सुष्मालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो ।

प्रहरीले सुष्मामाथि ज्येष्ठ नागरिकलाई बेवास्ता गरेको आरोपमा मुद्दा चलाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतका अनुसार जाहेरवाला आमा शोभाले सुस्माले सबै सम्पत्ति जालसाजीपूर्वक लिएर सन्तानको कर्तव्य पूरा नगरेको भन्दै छोरीविरुद्ध जाहेरी दिएकी थिइन् ।

१ मंसिर ०७६ मा सुष्माले बुबा भुपेन्द्रप्रसाद रिजालको मृत्यु भएपछि आमा शोभालाई आफूसँगै राखेकी थिइन् ।

भुपेन्द्र र शोभाको माछापुच्छ्रे बैंकस्थित संयुक्त खातामा सुन र चाँदीसहित करिब तीन करोड रुपैयाँ नगद थियो । उक्त रकम सुष्माले जालसाजीपूवर्क झिकेपछि आमालाई बेवास्ता गरेको प्रहरीको भनाइ छ ।

प्रतिकृया