• २५ भदौ २०८३, बिहीबार
  • ८ः५६ राती

सिरुवा पर्व आजबाट तराईमा मनाइँदै

प्रकाशित मिति

२०७८ बैशाख १ गते, बुधबार १०:३१

काठमाडौँ: सिरुवा थारू समुदायमा युगौंदेखि चलिआएका विभिन्न पर्वमध्ये एक महत्वपूर्ण सांस्कृतिक पर्व हो ।

National Life

जूरशितल पनि भन्ने गरिन्छ ।

यसको छुट्टै महत्व र पहिचान छ । जूरको अर्थ ‘भाग्य’ अथवा चिसो भन्ने हुन्छ । यसकारण यसलाई शीतलता प्रदान गर्ने भाग्य-पर्वको रूपमा लिइन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

खेती नै प्रमुख आय-आर्जनको स्रोत भएको थारू समुदायमा पानीको महत्व हुने नै भयो । यस पर्वमा पनि बढीभन्दा बढी पानीको प्रयोग हुन्छ ।

यो पर्व सँगसँगै नयाँ वर्ष पनि पर्ने भएकाले नेपालमा यसको महत्व झन् बढ्न गएको छ ।

यसलाई तराईमा बसोवास गर्ने आदिवासी राजवंशी,मेचे, उराव, गनगाई, ताजपुरिया,माझी धिमालका साथसाथै अन्य समुदायले पनि पर्वकै रूपमा धुमधामसँग मनाउने गरेका छन् ।

प्रतिकृया