• १० असोज २०८३, शनिबार
  • ११ः३३ राती

रावलले गरे प्रमको आलोचना प्रसंग :एमसीसी

प्रकाशित मिति

२०७७ चैत्र ३१ गते, मंगलवार १०:२३

काठमाडौँ: एमसीसीको प्रसंगमा आफ्ना अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गर्दै ‘देशघाती’को संज्ञा नेकपा एमालेका नेता भीम रावलले दिएका छन् ।

National Life

सोमबार राति सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममा सभामुखलाई एमसीसीसँगको सम्झौता संसदमा रोक्न पाउने अधिकार छ भनी प्रश्नमा

राष्ट्रलाई असर पार्ने कुनै पनि काम रोक्ने अधिकार हरेक देशभक्ति नागरिकको कर्तव्य भएको नेता रावलले प्रधानमन्त्री ओलीको कडा आलोचना गरेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

 

बरु त्यस्तो कर्तव्यप्रति देशघातीहरूमा भने घृणा हुने भन्दै नेता रावलले प्रधानमन्त्री ओलीको कडा टिप्पणी गरेका छन्।

‘सभामुखले एमसीसीसँगको सम्झौता संसदमा रोक्न पाउने अधिकार छ भनी प्रम केपीले सार्वजनिक कार्यक्रममा प्रश्न उठाउनु भएको रहेछ,’ नेता रावलले सोमबार राति सामाजिक सञ्जालमा लेखेका छन्,

‘देशहित विरोधी कुनै पनि सम्झौता र काम रोक्नु प्रत्येक देशभक्त नागरिकको कर्तव्य हो। यस्तो कर्तव्यप्रति देशघातीहरूमा भने घृणा हुन्छ।’

प्रतिकृया