• १० असोज २०८३, शनिबार
  • १०ः२६ राती

सिंगटीको जीप दुर्घटनामा १७ घाइते

प्रकाशित मिति

२०७७ चैत्र ३१ गते, मंगलवार १०:३२

काठमाडौँ : दोलखामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु  र १७ जना घाइते भएका छन् । दोलखाको बिगु गाउँपालिका-४, सिँगटीमा सोमबार राती ११ बजे जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । विगु – २ तातोपानी कुण्डमा नुहाएर घर फर्कंदै गर्दा उनीहरु चढेको जीप दुर्घटनामा परेको हो ।

National Life

तातोपानी कुण्डबाट नुहाएर फर्किन लागेको बाग्मती प्रदेश ०१-०२३ च ७५८० नम्बरको यात्रुवाहक जिप अनियन्त्रित भएर सडकबाट झण्डै डेढ सय मीटर तल खसेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार ज्यान गुमाउनेमा बिगु-३ सिंगटीका ४५ वर्षीया अजिता खत्री, ३५ वर्षीय विनोद केसी, ५२ वर्षीया राधा खड्का र २४ वर्षीया चन्दिका थापा छन् ।

प्रहरी निरीक्षक रञ्जन कोईरालाका अनुसार बिगु गाउँपालिकाकी २७ वर्षीय सविना श्रेष्ठ, तीर्थकुमारी खड्का, कान्छीमाया श्रेष्ठ, तुलाकुमारी श्रेष्ठ, शेरबहादुर श्रेष्ठ, चेतविक्रम खड्का, चन्द्रकुमारी खड्का, श्री राम खड्का, कविता खड्का, सुस्मिता श्रेष्ठ, तुलकुमारी श्रेष्ठ, कीर्तनदेवी कार्की, लक्ष्मी बुढाथोकी, उर्मिला खड्का, सलोम खड्का र चालक किशोर खड्का पनि घाइते भएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

उनीहरूको चरिकोट र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको  छ ।

दुर्घटनामा परेका १० महिने शिशु भने सकुशल रहेको प्रहरी निरीक्षक कोईरालाले बताएका छन् । क्षमताभन्दा बढी यात्रु बोकेका कारण जीप दुर्घटना भएको अनुमान गरिएपनि एकिन कारण खुल्न सकेको छैन ।

 

प्रतिकृया