• 4:48 pm

प्रहरीसँगको मुद्दा मिलाइदिन्छु भन्ने लेखनदास पक्राउ

प्रकाशित मिति

२०७७ चैत्र २९ गते, आईतवार ०४:४४

काठमाडौं : जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता भएको मुद्दा मिलाइदिन्छु भनेर पैसा माग्ने लेखनदासलाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उप–महानगरपालिका– १ घर भएका ३० वर्षीय संजोग लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी जयश्वर रिमालले  बताए ।

 

संजोग लेखनदास हुन् । प्रहरी कार्यालयमा दर्ता गरिने निवेदन र जाहेरी लेख्ने ब्यवसाय गर्दै आएका उनले एकजना पीडितसँग ४० हजार रकम लिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । काम नभएपछि उनले सो रकम फिर्ता गरेको बताइएको छ ।

 

‘प्रहरीसँगको सवै काम मिलाउँछु भनेर पैसा मागेको गुनासो आएपछि उनलाई पक्रेका हौं’ डिएसपी रिमालले भने– ‘उनीबारे अनुसन्धान गरिरहेका छौं ।’

प्रतिकृया