• २१:०९ २०८० चैत्र १५ गते
  • 9:09 pm

प्रकाशमान सिंह भन्छन् : ‘तोकिएको समयमै महाधिवेशन गर्न सबै लाग्नुपर्छ ‘

प्रकाशित मिति

२०७७ चैत्र २९ गते, आईतवार ०४:३८

prakash man sinha e1618040279468

काठमाडौं : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले तोकिएकै समयमा पार्टीको १४ औँ महाधिवेशन सम्पन्न गर्न सबै लाग्नुपर्ने बताएका छन् । नेपाल दलित सङ्घ काठमाडौँ जिल्लाले आज यहाँ आयोजना गरेको ‘भेला तथा प्रशिक्षण’ कार्यक्रममा उनले महाधिवेशनलाई प्रभावित पार्ने शक्तिका विरुद्ध सबै नेता कार्यकर्ता उभिनुपर्ने बताए ।

महाधिवेशनलाई प्रभावित पार्ने विभिन्न बहाना भइरहेकाले आम नेता तथा कार्यकर्ता चनाखो हुनुपर्ने बेला आएको उनको भनाइ छ । पूर्व उपप्रधानमन्त्री सिंहले सरकारले जनताको मर्म र भावनाअनुसार काम गर्न नसकेको आरोपसमेत लगाए ।

नेता सिंहले देशलाई सङ्कट पर्दा कांग्रेसले सँधै देश र जनताको हितमा काम गरेको स्मरणसमेत गरे । अहिलेको अवस्थाबाट मुलुकलाई निकास दिन काँग्रेस नेतृत्वमा सरकार निर्माण हुनुपर्ने उनको भनाइ थियो । नेपाली कांग्रेस काठमाडौँका सभापति सबुद बानियाँले पार्टीलाई बलियो बनाएर अगाडि लैजानका लागि पार्टीभित्र देखिएको गुट उपगुटको अन्त्य हुनुपर्ने बताए ।

प्रतिकृया