• २९ भदौ २०८३, सोमबार
  • १०ः२६ बिहान

अनलाइन कक्षा सञ्‍चालन गर्न मन्त्रालयको प्रस्ताव

प्रकाशित मिति

२०७७ चैत्र २८ गते, शनिबार ०५:५९

काठमाडौं :स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ठूला सहरका विद्यालयमा अनलाइन कक्षा सञ्चालन गर्ने सम्वन्धमा प्रस्ताव तयार गरेको छ ।

National Life

 

 

Classic Tech Mobile
Classic Tech Desktop

शनिबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकका लागि मन्त्रालयले काठमाडौं, पोखरा, नेपालगञ्ज, विराटनगर, वीरगञ्जलगायतका सहरका विद्यालयमा अनलाइन कक्षा सञ्चालन गर्ने सम्वन्धमा प्रस्ताव तयार पारेको हो ।

 

 

भारतमा कोभिड-१९ संक्रमण बढिरहेको र त्यसको प्रभावले नेपालमा समेत समस्या देखिएकाले मन्त्रालयले सजगता अपनाउन उक्त प्रस्‍ताव गरिएको जनाएको छ । कोभिडको दोस्रो लहर आएसँगै शुक्रबार मन्त्रालयले भिडभाड कम गर्न र २५ जनाभन्दा बढीको भेला नहुन आग्रह गरेको थियो ।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मन्त्रालयले तयार गरेको प्रस्‍ताव शनिबार सीसीएमसी बैठकमा प्रस्तुत गरिने बताएका छन्।

 

 

‘कोभिड संक्रमण बढिरहेको हुनाले जनस्वास्थ्यको मापदण्डलाई पछ्याएर कोभिड नियन्त्रण गर्न खोजिएको हो,’ उनले भने, ‘प्रतिकूल अवस्था आयो भने लकडाउन गर्नुपर्ने पनि हुन्छ । लकडाउन एकदमै खर्चिलो हुने भएकाले सकेसम्म त्यो भन्दा अगाडि गर्न सकिने कोसिस गर्न खोजेका हौँ ।’

प्रतिकृया